Gold
Bangad salyan

मातृभूमिमा घात प्रतिघातको कालो बादल मडारिएको छ ज्ञानेन्द्र शाह ,

पुस,२६ काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल छाउन लागेको बताएका छन् ।पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको बताएका हुन् ।

स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै उनले यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको दावी गरे ।

पूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्‍याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने धारणा राखेका छन् ।