Gold
Bangad salyan

मन्त्रीले सचिवलाई कुटेपछि यसरि रोय पत्रकारसँग भिडियो सहित ,

पुस २९ ,जनकपुर – मन्त्रीले सचिवलाई आफ्नो कर्यकक्षमै कुटपिट गरेका छन् । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर सचिव विद्यानाथ झालाई कुटपिट गरेका छन्।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कुटपिट गरेको सचिव विद्यानाथ झाले जानकारी गरेका छन् । उनले पत्रकारसंग रुदै आफुमा मन्त्रीले गालि गर्दै कुटेको बतायका छन् ।

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट गरेका हुन् ।

मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै कुटपिट गरेका हुन्। कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने ।, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ।’

उता भने मन्त्रीले निर्देशन गरेको भरमा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।