प्रदेश २ मा छोरी जन्मिए एक लाखको बीमा गरीदिने ,,

माघ,१२ काठमाडौं – प्रदेश न .२ सरकारले प्रदेशभित्र जन्मिने हरेक बेटी (छोरी)को एक लाखको बीमा गर्ने भएको छ । प्रदेश २ मा केहि महिना अगाडी बेटी पढाउ ,बेटी बचाउ अभियान सुरु गरेको थियो ।

कार्यक्रम फागुन पहिलो सातादेखि सुरु हुने छ जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

‘पहिलो चरणमा ८ वटा जिल्लाका ८ वटा पालिका सुरु गर्दैछौं’ ‘आउने दिनहरुमा प्रदेशभित्रका सबै पालिकामा यो कार्यक्रम सुरु गर्छौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने,

बीमाको प्रिमियम प्रदेश सरकारले तिर्छ र २० वर्षपछि हरेक बिमितले एक लाखको वीमा प्राप्त गर्नेछ । ‘भोलिका दिनमा यो वीमाले छोरीहरुलाई शिक्षा हाँसिल गर्न सहयोग पुग्नेछ । यसले कम उमेरमा हुने विवाहलाई पनि रोक्छ’ उनले भने ।

बीमा कार्यक्रमका लागि प्रदेश सरकारले वर्षमा १ अर्ब जति व्यहोर्नुपर्ने देखिएको राउतले बताए । उनले थपे, ‘५०/६० हजार छोरीहरु जन्मिए भने एक अर्बजति लाग्छ ।

बिमा गर्दा जम्मा कति प्रिमियम लाग्छ भन्ने बारेमा सुचना प्रकासित गरि बताईने मुख्यमन्त्री राउतले भने।,३०/२५/१८ हजारको प्रस्ताव छ , एउटा साढे १४ हजारको प्रस्ताव पनि छ, हामि छलफल गरेर भन्छौ उनले भने ।

यो कार्यक्रमले तराईमा मात्र नभई सबै प्रदेश र जिल्लामा सहयोग र चेतना पुग्ने छ ।जसले गर्दा महिला हिँसा अन्त्य साथै दाईजो प्रथामामा कमि आउने छ ।पढ्ने लेख्ने छोरीलाई उच्च शिक्षा हासिल गर्न पैसाको जरुरि नहुनेमा पनि फाईदा हुने देखिन्छ।