सोभा पाठकमाथि कुटपिट गर्ने दश जना प,क्राउ,
वैशाख १५
काठमान्डौ – माईतिघर मण्डलामा सोभा पाठकमाथि कुटपिट गर्ने दश जना प,क्राउ, परेका छन्। सोमबार माईतिघर मण्डलामा महेश बस्नेतकि श्रीमतीसहितले सोभा पाठकमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो।
नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकमाथि कुटपिट गरेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए। भिडियोमा सोभा पाठकलाई ति महिलाहरुले कपाल लुछेको देखिन्छ।
अहिले उहाँहरू सबैलाई अस्पताल लगिएको छ। त्यहाँबाट आएपछि घटनाबारे थप बुझेर कामकारबाही अघि बढाइने भट्टले बताए। सोभा पाठकले एमाले नेता महेश बस्नेतमाथि बलात्कार र भ्रूण हत्याको आरोप लगाउँदै आएकी छन्।

