रोल्पामा दलित बालक घरभित्र पसेको भन्दै कुटपिट भएको घटनामा तिन जना प,क्राउ,
रोल्पा – रोल्पामा दलित बालक घरभित्र पसेको भन्दै कुटपिट भएको घटनामा प्रहरीले भिम बहादुर खत्रीसहित तीन जनालाई प,क्राउ गरेको छ। गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरा खकेन्द्र बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई प,क्राउ गरेको हो।
अहिले तीन जना पक्राउ गरिएको र थप व्यक्ति पनि पक्राउ गर्न पर्ने भएकाले परिचय नखुलाएको रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए। ११ वर्षीय बालक एक व्यक्तिको घरभित्र पसेको भन्दै अनुहारमा चोट र सुन्निने गरी कुटपिट गरेको आरोप छ।
बालकको तस्बिर- भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो।
उक्त घटानाका सम्बन्धमा प्रहरीमा सोमबार जाहेरी समेत परेको छ।घरभित्र पसेको निहुँमा कुटेको भन्ने छ। घटना ११ गते रहेको खुलेको छ। उनीहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

