कांग्रेस नेता शेखर कोइरालाले पनि छुटै भेला हुँदै
काठमान्डौ – कांग्रेस नेता शेखर कोइरालाले पनि छुटै भेला बोलाएका छन्। बागमती प्रदेश स्तरीय भेला बोलाएको उक्त समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
यो अगाडी देउवा समूहले पनि छुटै भेला बोलाएको थियो। सो समूहमा कोईराला पक्ष भने उपस्तिथित भएको थिएन।वैशाख १७

