Gold
Bangad salyan

चट्टान खस्दा दुई गोठाला सहित दुई सय भेडा पुरिए ,,

माघ १३ ,धादिङ – उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा पहिरो खस्दा दुई गोठालासहित दुई सय ६० भन्दा बढी भेडा पुरिएका छन्। गाउँपालिका केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा दुई गोठाला र दुई सय बढी भेडा छोपिएको स्थानीयले बताएका छन्।

प्रदेश ३ का प्रदेशसभा सदस्य जगत सिंखडाका अनुसार १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नर्बु तामाङ बेपत्ता भएका हुन्। शुक्रबारदेखि हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भएको थियो। हिमपातबाट बचाउनका लागि ओढारमा भेडाबाख्रा राखेका बेला ओढार भासिएको हुनसक्ने अनुमान गरिएको छ।

हेलिकप्टरमार्फत् घटनास्थल पुगेर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकालले जानकारी दिए। ओढारको मुखमा ठूलाठूला चट्टानसहितको सुख्खा ढुंगा खसेको ढकालले बताए। पहिरोसँगै खसेको चट्टानले केही भेडा च्यापिएको अवस्थामा फेला परेका छन्।

गोठाला सम्पर्क बिहिन बनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। गोठाला पहिरोमा पुरिएको खबर पाउने बित्तिकै जिल्ला सदरमुकामबाट सहायक प्रमुख जिल्ला अधिकारी ढकाल, प्रदेश सांसद सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, गाउँपालिका प्रमुख चेरोङ तामाङ हेलिकप्टरमार्फत् घटनास्थल पुगेका थिए।

बेपत्ता गोठालाको शव नभेटिएकाले अझै जीवितै भेटिने सम्भावना रहेको भन्दै गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको छ। स्थानीयबासीले भने ओढारभित्र भेडा तथा गोठालासमेत जीवित रहने सक्ने भन्दै चट्टान पन्छाउन स्थनीय प्रशासनलाई आग्रह गरेका छन्।

गोठालाको शव फेला नपरेको हुँदा कतै जीवित रहनसक्ने सम्भावना स्थानीय लगायतको भनाई छ। ओढार पुरीएको चट्टान पनछ्याउन प्रसासनलाई आग्रह गरिएको छ ,भने घटनाको बारेमा गृहमन्त्रालयमा जानकारी गरिएको छ ।