कर्णालीमा बाढी पहिरोबाट यात्रु अलपत्र ,,
चैत २४ , वीरेन्द्रनगर – शनिबार आएको आँधी र असिना पानिले कर्णाली राजमार्ग अवरुद्द भयपछि यात्रु हरु बीचबाटोमा अलपत्र छन् ।असिना पानीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा अन्नबाली फलफुल नस्ट गरेको छ ।
दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा ठुलो पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् ।
दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि यात्रुहरु अलपत्र परेका हुन् । पहिरो खसेको ठाँउमा खाने कुरा र पिउने पानि समेत नपाएपछि यात्रु हरि विचल्लीमा छन्।
कति यात्रु भने पहिरोको जोखिम मोल्दै सडक पार गरेका छन्। अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी लागिरहेका छन् ।
बेला बेलामा पानि परिरहेको हुनाले सडक खुलाउन कठि भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । अहिले सडकको पहिरो खुलाउने क्रम जारि छ।