वर्तमान समयलाई झल्काउने के भयो भयो बोलको म्युजिक भिडियो बजारमा
वैशाख १३
काठमान्डौ – वर्तमान समयलाई झल्काउने के भयो भयो जगतमा बोलको म्युजिक भिडियो बजारमा सार्वजाइक भएको छ। गीतले देश विदेशमा घटेका अमानवीय देखि विध्वंसकारीलाई झल्काउने गरेको देखिन्छ।
कलियुगमा विश्व जगतमा मानव जातिनै नरहने देखिएको बेला गायक तथा संगीतकार मिन प्रकाश ओलीले यो गीत बजारमा पाठाएका हुन्। गीतमा अन्जिता विश्वकर्मा र मिन प्रकाश ओलीको स्वर रहेको छ।
मरुभूमि नारायणले कैद गरेको भिज्युललाई रोशन धितालले सम्पादन गरेका छन्। गीतमा गायक ओली र प्रतिक्षा पुरीको अभिनय देख्न सकिन्छ।

