Gold
Bangad salyan

नेपालि मौसमविद विज्ञ कि अनविज्ञ ,,

चैत २६ , काठमान्डौ – नेपालका विभिन्न क्षेत्रमा वर्षा संगै असिनापानी परिरहेको बेला सबै नेपालिलाई त्यो बार र पर्साको घटना याद आउछ।  मौसम सक्रिय रहेको करिब दुई हप्ता भयो ।

छिन छिनमा पानि पर्ने र असिना हुरीले हिमाली पहाडी तराईका भू भागमा उब्जिएको अनाबाली फलफुल पूर्ण रुपमा क्षति गरेको छ । कृषकको यो गहुबालि भित्र्याउने समय हो।

तर परेको असिनाले गहुको बोटसमेत नरहने गरि थिचेको छ।  गत वर्ष पनि यस्तै असिनापानीले तराईमात्र ७८ टन गुहु नस्ट भयको थियो।  यो वर्ष पनि दिनहु वर्षाले गर्दा नेपालिमा भोकमारीको अवस्था देखिन्छ ।

, हुन त प्रकृतिले कति खेर के ल्याउछ कसैलाई थाहा हुन्दैन । जे पर्छ भोग्ने हो तर नेपालि मौसमविदका अनुसार नेपालमा भने जस्तो देखिदैन । ,हजोदेखि मौसमविद हरुले मौसम सुधार आउने भनेर अनुमान गरेपनि हिजै रातभर देखि अहिले सम्म राजधानीमा लागातार वर्षा भयको छ।

जसबाट पैदल यात्रु देखि यातायातलाई असर परेको देखिन्छ । विदेशी जस्तै नेपालमा पनि वर्षा भुकम्प र आँधी हुरी मापन भई पहिले नै संकेत हुने यन्त्र नेपालमा पनि भए सयौ गुणा धनजनको क्षतिबाट जोगिनसक्छ।