यो वर्षको धान दिवस कार्यक्रम बर्दियामा गरिने ,,

असार,११ काठमाडौं – प्रतेक वर्ष सरकारले मनाउदै आएको धान दिवसको मूल कार्यक्रम यो वर्षपनि मनाउने क्रममा सरकारले तयारि गरिरहेको छ ।

सरकारले कृषि विभाग अन्र्तगत गठित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो ।

यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका ८ धोविनीपुरमा गरिने भएको छ । यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ ।

चालु आर्थिक बर्ष २०७५/७६ मा धानको उत्पादन अहिलेसम्म कै उच्च भएको पत्रकार सम्मेलनमा जानकारी पनि गराइयो ।

महाशाखाका निमित्त महानिर्देशक एवं सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. रेवतीरमण पौडेलले अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

नेपालको मुख्य खाद्यान्न बालीमा गनिने धान खेति नेपालको मौसम अनुसार चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ ।

नेपालमा मौसमको आधारमा खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ । नेपालका पर्या सबै जिल्लामामा धान खेति हुँदै आएको छ ।मनाङ र मुस्ताङमा भने धानखेती दुदैन कोदो फापर आलु स्वाउ योजिल्लाको मुख्य बालि हो ।