Gold
Bangad salyan

भक्तपुर केन्द्रबिन्दु भएर भुकम्पको ठुलो धक्का ,,

असार,२१ काठमाडौं – भक्तपुर केन्द्रबिन्दु बनाएर काठमान्डौ देखि आसपासका ठाँउ, जिल्लामा भूकम्पको ठुलो धक्का गएको छ ।

शनिबार दिउँसो अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाका अनुसार यो गोरखा भूकम्पकै पराकम्प जानकारी गरिएको छ।

बीच बीचमा साना साना पराकम्पन्न गएपनि आज को परकम्पन्न भने ठुलो रहेको राजधानीबासिले महसुस गरेका छन् ।

भुकम्पको कारण भक्तपुरको मध्यपुर ठिमीनगर पालिका चोकमा ठुलो संख्यामा भागा भागगरि मानिस जम्मा भएका थिए ।

भूकम्पको धक्काले २०७२ सालको भूकम्पको झझल्को आउने गरेको मानिसहरु बताउछन जँहा ११ हजारले ज्यान गुमाउनु परेको थियो।