नेपालको तरकारी भारतले यसरि चेक जाँच गर्छ रिपोर्ट आउन २० दिन लाग्छ तर भारतीय तरकारी नेपालमा सहजै भित्रिन्छ ,,
असार २३ , काठमान्डौ – भारतबाट नेपाल भित्रिने तरकारी र फलफुलमा विषादी चेक जाँच नगरेपनि नेपाल बाट भारत पठाउने तरकारीमा भने चेक जाँच अनिवार्य गरिएको छ ।
भारतबाटा नेपाल भित्रने तरकारीमा विषादी चेक जाँच नगर्ने भन्ने कुराले अहिले सामाजिक संजाल देखि सरकार सम्म यसको चर्को विरोध भएको छ ।
भारतले नेपालि उत्पादनलाई विषादी चेक जाँच मात्र हैन नाकामा रोकेर भाउ समेत घटाउने गरेको कृषकले गुनासो पोख्ने गरेका छन् ।
नेपालि तरकारी फलफुलमा विषादी चेक जाँच गर्दै भाउ घटाउने कूटनीतिक चाल चल्ने भारतीय प्रवृत्तिलाई अब भने नेपाल सरकारले पनि भारतीय तरकारीमा विषादी चेक जाँच गर्ने भन्दा कृषक खुसि भएका थिय ।
तर, सरकारले भारतबाट आउने तरकारी तथा फलफूलमाथि सुरु गरेको विषादी परीक्षणको काम स्थगित गर्दा सबै नेपालिमा खिन्नता छाएको छ। यो निर्णयले नेपालि कृषक उपभोक्तामानै निरास्पना हो ।
सस्तो भारतीय कृषि वस्तुको सहज प्रवेशले स्वदेशी उत्पादनले मूल्य नपाउने कारण नेपाली कृषक लामो समयदेखि पीडित मात्रै हैन अवस्थ पनि भईरहेका छन् ।
नेपालि उत्पादनलाई भारतले आफ्नो आवस्यकतामा हेरेर लिने हो नत्र नेपाली उत्पादनलाई ‘क्वारेन्टाइन चेक’कै नाममा रोकिदिने गर्दछ यो पुरानो प्रचलन पनि हो ।
प्राय,नेपालसँग राजनीतिक रुपमा मतभेद चर्किएको र नेपाल ,भारतबीच उच्च स्तरीय भ्रमण हुने समयमा नेपालको ‘बार्गेनिङ पावर’ कमजोर बनाउन क्वारेन्टाइनका नाममा निकासीमा अवरोध सिर्जना हुने गरेको सहज अनुमान लाउन सकिन्छ ।
नेपालबाट भारत जाने अदुवा अलैची चिया, लगायत फलफुलहरुलाई चेक जाँच मात्र हैन भारतले धोय र पखालेर मात्र लिने गरेको कृषक बताउछन ।नेपालि उत्पादनमा तेती विषादी प्रोयोग हुन्दैन भारतीय तरकारी तथा फलफुलमा भने ८० प्रतिशत विषादी मिसावट हुन्छ ,नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की बताउछन ।
यस्तो नेपालको अर्गानिक उत्पादनलाई चेक जाँच गर्ने भारतलाई भने नेपालमा खुलम खुल्ला तरकारी भित्याउन दिनु जायज छैन ।नेपाली व्यवसायीले कृषि जन्य उत्पादनमा अप्राकृतिक भारतीय गैरभन्सार अवरोध हटाउन विगत पाँच वर्षदेखि अनुारेध गर्दै आएका छन् ।
उनीहरुले नेपालको ल्याबमा परीक्षण भएका कृषिवस्तुको प्रमाण पत्रलाई भारतले स्वीकार्नुपर्ने माग गर्दै आएका छन् ।हाल भारतले आफ्नो ल्याबमा गरिएको परीक्षणलाई मात्रै मान्यता दिन्छ ।
तर, नाकामा उसको पनि कृषि उत्पादनको गुणस्तर जाँचने ल्याब छैन । यसका कारण कृषि वस्तु नाकामा पु¥याएपछि ल्याबको रिपोर्ट कुरेर बस्नुपर्ने बाध्यता नेपाली व्यवसायीलाई छ ।
त्यसैले नेपालकै ल्याब रिपोर्टलाई भारतले मान्यता दिनुपर्ने माग वर्षैदेखि उठेको छ । नेपालका कृषकलाई संरक्षण दिने मामिलामा सरकारको भूमिका कमजोर भयको पनि देखिन्छ ।
नेपालि उत्पादनलाई भारतले चेक जाँचको बिल्ला लगाएर १५ देखि २० दिनसम्म पनि रिपोर्ट आउदैन ।यो कुराले कृषकले नपाउने दुख पाएका छन्। नेपालको समान भारतले आफ्नो मन्मर्जीले चेक जाँच गर्दछ।
तर भारतको विषादी मिसावट भने नेपालमा सहजै भित्रिन्छ, यसको सरकारले तत्काल नाकामा क्वारेन्टाइन राखेर निराकरण गर्नु पर्छ ।र भारतले पनि मेरो गोरुको बाराही टक्का नगरी स्वकर्नु पर्ने देखिन्छ। यसमा सरकारको तत्काल कदम चाल्न पर्ने उपभोक्ता कृषक बताउछन।