Gold
Bangad salyan

बाढी पिडितलाई राहतको नाममा चिउरा र भुजा ,पिडित भन्छन कसरि बाँच्ने ,

साउन ४ , काठमान्डौ – दुईसाता अगाडी देशका ३२ जिल्लमा प्रभावित हुनेगरी परेको अविरल वर्षाले जनजीबन प्रभावित मात्र नभई सयौको ज्यान गएको छ भने २० भन्दा बढी अझै बेपत्ता छन्।

विभिन्न जिल्लामा प्रभावित हुनेगरी डुबानमा परेका पिडितलाई सरकारले उदार र राहतको नाममा चिउरा र भुजा मात्र वितरण गरेको छ ।बाढी पिडितलाई तत्काल राहत र बास्थान पुर्याउने गरि गृहमन्त्री राम बहादुर थापा सहितको टोलीले तराईका डुबान क्षेत्र र पिडितको निरिक्षन गरेर आएको थियो।

प्रधनमन्त्री केपी शर्मा ओलीले पनि पिडितलाई कुनैक्षेत्रबाट पनि राहतको कमि हुन नदिने प्रतिबदता जाहेर गरेपनि सफल हुननसकेको राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् ।

महतो प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत हुन् ।प्रदेश २ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाइने पनि समितिका सदस्य महतोले जानकारी दिए ।

तेस्तै धनुषामा,११ हजार नागरिक बाढीबाट प्रभावित भएको र राहत अपुग भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले समितिलाई जानकारी गरे पिडिको लागि तत्काल रु पाँच करोड ५० लाख आवश्यक छ ।

सरकारले उपलब्ध गराएको रु १० लाख अपुग भएको र उद्धार सामग्री आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। पिडित अहिले सम्म चिउरा र भुजामा बाँचेका छन् तत्काल राहत उपलब्ध होस् उनले भने ।

गठित उपसमितिको टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने छ भने अर्को टोलीले सिरहा, सप्तरीलगायत जिल्लाको निरीक्षण गर्ने छ ।

उक्त टोलीमा रामसहायप्रसाद यादव, देवेन्द्रराज कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडू, डा डिला सङ्ग्रौला, छक्कबहादुर लामा, वृजेशकुमार गुप्तालगायत रहेका छन् ।