गुल्मीमा पहिरो प्रभावित क्षेत्रमा पिडितलाई हेलिकोप्टरबाट खाद्यान्न पुर्याइँयो ,,
साउन १३ ,गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो क्षेत्रबाट प्रभावित बस्तीलाई हेलिकोप्टरमार्फत खाद्यान्न उपलब्ध गराईएको छ।
गत मंलवार राति सत्यवति गाउँपालिका-३ र ४ को ठूलो लुम्पेक र लिम्घामा पहिरो जाँदा ३०७ घर परिवारका १२ सय ६० जना प्रभावित भएका छन् ।
पहिरोमा परी सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडानम्बर ७ को छापचौरमा १ जना गरी १४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ,घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ ।
विस्थापितहरुलाई धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ । पहिरोबाट सडक अबरुद्द भएपछि खाध्यान संकट परेपछि तम्घासमा बिभिन्न संघसंस्थाबाट उपलब्ध भएको २३ क्वीन्टल राहतका सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइँएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत १० कुन्टल चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा पुर्याइँएको छ ।
काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट र तीन सय १० थान हुट र रेडक्रस सात बोरा, फलामको काटी दुई किलो, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठूलो लुम्पेकमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
तम्घास र काठमाडौंबाट ल्याइएको राहत सामाग्री प्रभावित क्षेत्रमा गुल्मी अस्पतालबाट जीवनजल, गज, सिटामोल र ग्लोब अन्य औषधि पनि पठाइएको छ ।
गुल्मीको लुम्पेमा मात्र साना ठुला गरि ५०० भन्दा बढी पहिरो गएका छन्। प्रभावित क्षेत्रमा पिडितलाई नेपाली सेनाले अस्थायी बाँसको लागि पालमार्फत बस्ती बसाल्न घरहरु निर्माण सुरु गरेको वीरभद्र जंग गुल्म गुल्मीका सेनानी रवीन्द्र महर्जनले बताए ।