सिक्री लुट्ने लुटेराको कुरा सुन्दा प्रहरीनै अचमित ,पोखरामा बसेर काठमान्डौ सम्म थाहा हुन्थ्यो कसले सिक्री लगाएको छ ,,

साउन २७ , काठमान्डौ – पछिल्लो समयमा सिक्री आतंक फैलाउने ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा बस्ने प्रकाश सुनुवारले टमबहादुर सुनवार र टलकबहादुर राएमाझि काठमान्डौमा रहेका आफ्ना साथिहरुलाई सुराकी गर्थे प्रहरीले धापासीबाट टमबहादुरलाई पक्राउ गर्यो संकाको आधारमा सोधपुछ गर्दा उनले सबै पोल खोले ।

प्रहरीलाई लामो समयदेखि झुक्याउन सफल लुटेराहरुको लुट्ने तरिका बारे विस्तृत अध्ययन गरी काठमाडौंको दशवटा सम्भावित स्थानमा सादा पोसाकमा प्रहरी खटाएको थियो।

पक्राउ गरिएका प्रकाश र टमबाहदुरलाई पक्राउ गरिएको थाहा पाएपछि अन्य दुईजना भागेर वाग्लुङ्ग पुगेका थिय ।पोखराको प्रहरीले उनलाई बाग्लुङबाटै पक्राउ गरेको हो।

हालसम्म सिक्री चोरेर भागेका घटना प्रहरी समू धेरै आईसकेका थिए ।सिक्री चोर्ने हरुले पुरै पलान बनाएर चोर्ने र सिसिटिभी नभएको स्थानमा सिक्री चोर्ने गर्ने गरेको कुरा अनुसन्धानमा पत्ता लागेको हो ।

तेती मात्र नभई ति चोरले मोटरसाईकलमा नक्कली नम्बर प्लेट राखेर हिड्ने समेत गरेको खुलेको छ ।यहि कारणले पनि प्रहरीलाई उनीहरुलाई समाउन कठिन भयो ।

करिब डेढ महिना अघि मात्रै स्वयम्भु र कलंकीबाट महिलाको घाँटीबाटै सुन सिक्री थुतेर लुटिएको सूचना प्रहरी परिसर काठमाडौंमा आयो।

प्रहरीले फेला पारेको सिसिटिभी फुटेजमा एकजना निलो ज्याकेट लगाएको व्यक्तिले मोटरसाइकल चलाइएको देखिन्थ्यो भने पछाडि बस्ने व्यक्तिको हुलिया चिनिँदैनथ्यो।

प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज झिकायो, पीडितहरुको बयान पनि लियो। तर प्रहरीले घटनामा संग्लन व्यक्तीको पहिचान भने गर्न सकेन।प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार पोखरा बस्ने प्रकाश हप्ता दिनसम्म शहरमा रेकी गर्न हिँडथे।

कसले सुनको सिक्री लगाएर हिँड्छ, को कुन बाटो हुँदै हिँड्छ भन्नेजस्ता सूचना संकलन गर्थे। चार–पाँच जनाको सूचना संकलन गरेपछि प्रकाशले काठमाडौं बस्ने टमलाई बोलाउँथे।

टमले मोटरसाइकल चलाउँथे, प्रकाश पछाडि बस्थे। अनि एकान्त स्थानमा हिँडिरहेका महिलाको घाटीमा हात पुर्‍याउँथे। स्वाट्ट चेन थुत्थे र बेपत्ता हुन्थे।यसरी संकलन गरेको सुन काठमाडौं लगेपछि बेच्ने जिम्मा भने टलकले लिएका थिए।

काठमाडौंका सुन पसले, सुन पसलका कालीगढ र सस्तोमा सुन किन्न चाहनेहरुसँग सर्म्पक बनाएका टलकले सुन बेचेर प्राप्त पैसा भागशान्तीले बाँढ्थे।प्रहरीले अवैध सुन किन्ने काममा संग्लन भारतको पश्चिम बंगाल घर भई बालकुमारीमा सुन पसल गर्ने देवासिस दोलहीलाई पनि पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले २ लाख ५० हजार रुपैयाँ, सुन लुटन प्रयोग भएको बा २९ ख ७२७६ नम्बरको मोटरसाइकल र सुन तौलिने मेसिन पनि बरामद गरेको छ।

सिक्री चोरगर्ने हरुलो पृष्ठभूमि हेर्दा पहिले पनि अपराधिक घटनामा संलग्न रहेको खुल्न आएको डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरी काँहा हाल सम्म १२ जना जति पिडित आएपनि धेरै संख्यामा पिडित हुन सक्ने उनले बताए।