वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन ,,
साउन ३० , काठमान्डौ – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ ।९७ वर्षको उमेरमा बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक श्रोतले बताएको हो।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो।
उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।दिक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।दिक्षितको निधन प्रति राजनीतिज्ञ हरुले हार्दिक श्रदान्जली ब्यक्त गरेका छ्न।
दीक्षितका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान