अफिस भित्रबाटै समाचार वाचन गर्दा रवि लामिछाने पक्राउ,, कसुर प्रमाणित भय कति वर्ष जेल सजाय हुन्छ हेर्नुहोस ,,

साउन ३० , काठमान्डौ – पत्रकार रविलामिछानेलाई प्रहरीले न्यिज ट्वान्टी फोरबाटै पक्राउ गरेको छ ।

अफिसबाट युवराज कंडेलपनि पक्राउ परेका छन् भने अर्की अस्मिता कार्की कलंकी बाट पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रंग दर्पणलाई बताए ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत २२ गते चितवनको एक नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा न्युज २४ का पक्राकार शालिकाराम पुडासैनी झुण्डीएको अवस्थामा मृत फेला परेका थिय ।

उनको मोबाईलमा रविलामिछाने सहित अन्य ३ जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको भिडियो प्राप्त भयको थियो पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो ।

लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

उक्त भिडियो नेपाल आजले सार्वजानिक गरेको हो लामिछानेसहित ३ जनाविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा यो कानूनी व्यवस्था छ ।