आज बाट गाईजात्रा मनाइँदै ,,

साउन ३१ , काठमान्डौ – आज गाईजात्रा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि मनाईने यो जात्रा आठ दिन सम्म मनाइने गरिन्छ ।

आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ,आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । एक वर्ष भित्रका दिवंगत आफन्तका सम्झनामा यो जात्र मनाउने परम्परा छ ।

गाईजात्रा राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन ‘जनतालाई आ,आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्रा सुरु भएको इतिहासमा उल्लेख छ ।

त्यो बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । आज नेपालका विभिन्न जिल्लामा गाईजात्रा कार्यक्रम हुँदै छ ।

यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

आज कलाकारले नेता लगायत अन्य कलाकारलाई ब्याग्यात्मक ढंगले प्रस्तुत गर्ने पनि गर्दछन काठमान्डौको भृकुटीमण्डपमा आज एक कर्यक्रमको आयोजना गरिएको छ।