Gold
Bangad salyan

अमेरिकामा नेपालीको हत्या अभियुक्तलाई ६० वर्ष जेल ,,

भदौ १० ,न्युयोर्क – नेपालको कानुनमा हत्यारालाई के सजाए हुन्छ बलात्कारीलाई के सजाए हुन्छ त्यो त नेपालि अदालत न्याधिसलाई थाहा होला ? ,

जे गरेपनि कानुनमा फितलो हुने भनेको नेपालमा मात्र होला सायद ,तर बाहिरि देशमा भने यस्ता कार्य गर्ने ब्याक्तिलाई के सजाए हुन्छत् ।

,अमेरिकामा रहेका एक आप्रवासी नेपालीको हत्या अभियुक्तलाई ६० वर्ष जेल चलान गरिएको छ । गोरखाको केराबारी घर भयका चालीस वर्षीय रेशम बजगाईको २०१८ को जुलाई ४ मा हत्या गरिएको थियो ।

अभियोगमा भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी सर्किट कोर्टले सोमबार अभियुक्त २० बर्षीय मोहम्मद ए अबदुल्लाहलाई ६० वर्षको जेल सजाय र पच्चीस हजार डलर जरिवानाको फैसला सुनाएको छ ।

६० वर्ष जेलजसाय ताेकिएका २० बर्षीय मोहम्मद ए अबदुल्लाह ,

बजगाईको सन् २०१८ को जुलाई ४ मा ग्यास स्टेसनमा काम गरिरहेको बेला लुटेराको आक्रमणमा मृत्यु भएको थियो। भर्जिनियाको हर्नडन शहरको फ्रयाङकलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा, अमेरिकी स्वतन्त्रताकै दिन बिहानै बजगाई माथि आक्रमण भएको थियो।

उनि अमेरिका पुगेको नौ महिनामा घटना घटेको थियो प्रहरीले घटना लगत्तै संदिग्ध अब्दुल्लाहलाई नजिकैको गाडी पार्किङ लटबाट पक्राउ गरेको थियो।

केही साता देखिको लामो सुनुवाईपछि जुरीहरुको सिफारिसमा न्यायाधीशले सोमबार फैसला सुनाएका थिए। मृतकको पक्षका वकिलले हत्याका अभियुक्तलाई जन्मकैदको माग गर्दै बहस गरेका थिए, भने अभियुक्त पक्षधर वकिलको भने २० वर्षको जेल सजायको मागसहितको बहस थियो।

तर अन्तिम बहसमा घटनाको भिडियो रेकर्डपछि, सजाय ६० वर्षका पुर्‍याइएको हो। ‘फस्ट मर्डर’ अर्न्तगत सो सजाय किटानी भएको हो।

अमेरिकामा नेपालि हरुको संख्या बढ्दै गएको छ , पछिल्लो समयमा लुटेराको निशानामा नेपालिहरु पर्दै गएका छन् ।