नेपाली बजारमा सुन चाँदीको भाउ घट बढ आज कतिमा किनबेच
वैशाख ६
काठमान्डौ – नेपाली बजारमा सुन चाँदीको भाउ घट बढ भईरहेको देखिन्छ। शुक्रबार तोलामा सुनको मूल्य तिन हजारले घटेको थियो भने आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ।शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।

