Gold
Bangad salyan

संविधान दिवसमा पशुपति क्षेत्रमा दुईवटा बम फेला ,,

असोज ३ , काठमान्डौ – आज सरकारल धुम धामका साथ संविधान दिवस मनाईरहेको बेला केहि दलले भने असन्तुस्ट जनाईरहेका छन्।

यसै क्रममा विभिन्न असन्तुस्ट दलले विभिन्न केहि क्षेत्रमा संविधान विरुद्द नारा समेत लगाएका छन् आजनै पशुपति क्षेत्रमा दुइ वटा सकेट बम फेला परेका छन् ।

शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ । बम फेला परे लगतै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो ।

बम कसले राखेको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।