काठमान्डौबाट ३५ लाख जनता बाहिरिदै ,,
असोज ४ , काठमान्डौ – राजधानी उपत्याकाबाट बाहिरिने यात्रु हरुको लागि भोलि देखि दशैँको लागि टिकेट बुकिङ् खुल्ने भएको छ ।
सरकार र यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गर्न लागिएको हो ।आइतबारबाट लामो दूरीमा चल्ने बसको अगि्रम टिकट बुकिङ सुरु हुन लागेको हो ।
नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अगि्रम बुकिङ सुरु हुनेछ ।
टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ ।बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागमा निर्देशक तिर्थराज खनालले जानकारी दिए ।
एकै समयमा धेरैले काठमान्डौ छोडेर आफ्नो गाँउ घरतिर जाने भएको हुनाले पहिले देखिने टिकेट बुकिङ् गर्न लागिएको हो।
यो वर्ष पनि काठमान्डौ बाट ३० देखि ३५ लाखले उपत्यका छोड्ने अनुमान गरिएको यातायात विभागले अनुमान गरेको छ ।

