सभामुखको कुनै दोष छैन भन्दै पिडित महिला पुगिन अदालत ,

असोज १५ , काठमान्डौ – सभामुख कृष्ण बहादुर महाराबाट आफु यौन दुर्व्यवहार भएको भन्दै भिडियो बाहिर आएयता लगतै ति पिडित महिलाले हिजो अर्को भिडियो सार्वजानिक गरेकी छिन ।

,हाल आएर सभामुख महाराबाट आफु कुनै दुर्व्यवहार ,पिडित नभएको भन्दै रोशनी शाही अदालतमा निवेदन दिन पुगेकी छिन ,।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे ।

शाहीले आफु डिप्रेसनमा भएको र डिप्रेसनको औसधि खईरहेको समेत बताएकि छिन , सभामुख महराले आफूमाथि कुनैपनि दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।हाम्रा कुरा अनलाईन समाचारले महाराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो ।

संसद सचिवालयमा नर्सको रुपमा काम गरिरहेकी शाहीको पहिलो भिडियोमा महराले आफूमाथि यौन दुर्व्यवहार संगै कुटपिट समेत गरेको बाहिरिएको छ समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् ।

उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । अहिले सामाजिक संजालभरि सभामुख महरा र पिडित भनिएकि महिला रोशनी शाहीको फोटो हाल्ने र विरोध गर्ने कार्य भईरहेको छ ,। शाहीले भनिन कुन मिडिया हो जसले मेरो र चरित्र हत्या गर्यो उक्त पत्रकारलाई समेत कारबाही गर्न माग गरेकी छिन ,।