‘अभियुक्त रहेका रवि लामिछानेमा लागेका आरोप यथावत राख्न उच्च अदालत हेटौंडाको आदेश,
असोज ३० ,काठमान्डौ – शालिकराम पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त रहेका प्रस्तोता रवि लामिछानेमा चलिरहेका मुद्दा र बहसलाई यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।
यो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु सदर भएका छन् । तर रवीलामिछाने उपचारका लागि विदेश जानु परेमा भने जिल्ला अदालत चितवनको आदेशलिनुपर्नेलाई उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज गरेको र बाँकी सबै सदर भएको उच्च अदालत पाटनको हेटौंडा इजलासका सूचना अधिकारी अमृत घिमिरेले बताए ।
युवराज कँडेलको धरौटि अस्मिता कार्की रुकुको साधारण तारेखलाई सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ ।
चितवन अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म प्रस्तुत मुद्दाको विषय वस्तुलाई लिएर कार्यक्रम सञ्चालन गर्न नपाइने र मुद्दा प्रभावित हुने गरेर सार्वजनिक अभिव्यक्ति दिनसमेत बन्देज लगाइएको छ।
यो विषयमा फेसबुक, लाइभ, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जाल एवं सार्वजनिक सञ्चार माध्यममा विचार वा प्रतिकृया स्वदेश वा विदेशमा पनि व्यक्त गर्न नपाउने गरी आदेश भएको थियो। उच्च अदालतले पनि यी आदेशहरु कायम राखेको छ।
चितवन जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ मा उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए।
यो आदेश विरुद्द रवि लामिछाने लगायतका अभियुक्तहरुले सर्वोच्च अदालतमा पनि निवेदन गर्न पाउने छन्।बिहीबार चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै अन्तिम आदेश गरेको हो।