छठमा रास्ट्रपतिको सुभकामना,

कार्तिक १६ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन् ।

छठका अवसरमा शुक्रबार दिनुभएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छिन् ।

तेस्तै तराईका विभिन्न जिल्लमा छठको रौनक देखिन्छ शनिबार बिहानैदेखि ब्रतालुहरु छठको अर्घ दिइने परिकार र पूजा सामग्री खाली खुट्ट बोकेर छठ घाटमा ल्याइएको छ ।

शनिबार साँझ दिइने अर्घका लागि बिहानैदेखि तयारी थालिएको छ ।जनकपुरको गंगासागर, धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, अग्निकुण्डा लगायत दर्जनौं पोखरीमा शनिबार बिहानैदेखि भीड छ ।