Gold
Bangad salyan

अन्जनी ओभरसिज प्रालिका संचालकसहित हुण्डी कारोबारी ३० लाख रकम सहित पक्राउ ,

मङ्सिर १२ ,काठमान्डौ – अन्जनी ओभरसिज प्रालिका संचालकसहित हुण्डी कारोबारी गर्ने ब्याक्तिलाई महाअपराध शाखाले अबैध रकम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  काठमान्डौ महानगर पालिका १८ नरदेवी वर्ष ५८ का गोवर्धन प्रसाद सरावगी ,अर्घाखाची, शितगंगा न.पा.वडा नं.४ जोगेनिकोटका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन्।

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई आज १२ गते काठमान्डौको न्युरोडबाट पक्राउ गरेको हो ।

अवैध रकम रू ३० लाख नगद तथा का.जि.रणमुक्तेश्वर स्थित अन्जनी ओभरसिजका संचालक गोवर्धन प्रसाद सरावगीलाई अवैध रकम रू. ८ लाख १२ हजार नगद लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित महाअपराधको टोलीले पक्राउ गरेको हो।

उनीहरुलाई थुनामा राखी अपराधशाखाले थप अनुसन्धान गरिरहेको छ।