Gold
Bangad salyan

चम्पाले देखायो जाजरकोटको ऐतिहासिक झझल्को अर्मो परमोको कुरा भिडियो बाटै प्रस्तुत ,

नेपालि गित सङ्गीतको दुनियामा विभिन्न खालका म्युजिक भिडियो प्रस्तुत हुने क्रममा चम्पा बोलको गित बजारमा सार्वजानिक गरिएको छ ,।

दुख :सुख माया पिरतीका गित भन्दा यो गितले जिल्लाको ऐतिहासिक पृष्ठभुमिलाई प्रस्तुत गरेको छ ।जाजरकोट जिल्लाको विभिन्न क्षेत्रमा स्थानीयले गरिने क्रियाकलाप देखि त्यहाको भेष भुषा र रितिरिवाजलाई यो गितले प्रस्तुत गरेको हो ,।

चम्पा बोलको गित यो जाजरकोटको चलनचल्तीमा स्थानीयले गाउने लोक देउडामा मानिन्छ ।,गितले जाजरकोट जिल्लाको अर्मो परमो र मेला पर्व झरना देखि गाँउ घरलाई चित्रण गरेको छ ,।

जाजरकोटमा जन्मीएर राजधानीलाई गित सङ्गीतको कर्मथलो बनाउदै आएका गायक तथा सर्जक जय वहादुर रावल पछिल्लो समय गित सङ्गीतमा सक्रिय देखिन्छन ।

रावलले आफ्नो जिल्लालाई चिनाउन विभिन्न माध्यामबाट प्रास्तुत भएको देखिन्छ ।पर्या आफ्नै स्थानीय भाषा र भेषभुषामा गित निर्माण गर्ने ,लेख्ने र गाउने गायक रावलले जाजरकोटको संकृतिमा नेता कार्यकर्ता देखि मन्त्रिलाई पनि यस्ता गितमा सहभागी र नचाउने गरेका छन् ,।

पछिल्लो समयमा सार्वजनिक भिडियो चम्पामा पनि रावल जिल्ला पुगेर स्थानीयलाई जमघट पारेर भिडियो निर्माण गरेको देखिन्छ।

चम्पा बोलको गितलाई रावल आफैले शब्द,सङ्गीत निर्देशन देखि स्वर भरेका छन् भने उनलाई साथमा लोक दोहोरि गायिका डिला बिकले स्वरमा साथ् दिएकि छिन ।

वियोग समिर रावलको सिनेमाट्रोग्राफीलाई अनिल बिस्टले सम्पादन गरेका छन् । गित स्थानिय समूहको नाच डकुमेन्ट्री ढंगले हाम्रो संकृति युटुब च्यानलबाट बजारमा पठाईएको छ ,।

यो हो गाँउ घरको चम्पा,