Gold

कोरियाको सीप परीक्षणमा ६ हजार ७ सयले गरे उत्तीर्ण,

Naumule Migrate

पुष ३ ,काठमान्डौ – दक्षिण कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली उत्तीर्ण गरेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि सीप परीक्षण गरिएको थियो ।

कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो । सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए। जसमा १२ हजार १० जना भाषा उर्त्तीण भएका थिए।

कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन।

भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीको भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो। अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ।

कोरियामा जाने कामदार दक्ष र काम गर्न सक्ने भएर मात्र जना पाउने भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ। यो वर्षदेखि कोरियाले पहिलोपटक सीप परीक्षण सुरु गरिएको हो।

Naumule Badhipahiro