शालिकराम पुडाशैनी हत्याप्रकरणमा रवि लामिछानेले पाए सफाई ,
माघ ५ ,चितवन – शालिकराम पुडाशैनी हत्याप्रकरणमा पत्रकार रविलामिछानेले सफाई पाएका छन् ,।
जिल्ला अदालत चितवनले उनलाई सफाई दिएको हो , न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
पत्रकार शालिकराम पुडाशैनी हत्याप्रकरणमा पुडाशैनिका परिवारले रवि लामिछाने सहित युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई मुद्दा दायर गरेका थिए ।
पुडाशैनिको मर्नुअघि भिडियो आउट भएको थियो भिडियोमा रवि लामिछाने सहित युवराज र रुकुका कारण आफुले आत्महत्या गरेको भिडियोमा बताएका थिए ।
,जसका आधारमा तिनै जना विरुद्द मुद्दा च्गलिरहेको थियो। रवि लामिछाने सहित तिन जनाले सफाई पाएका छन् थप विवरण आउन बाँकी छ।
,आफुले सफाई पाएको थाहा पाएपछि रवि लामिछानेले सत्कर्म कहिले खेर नजाने बताएका छन् ।
साथै आफु निर्दोष हुँदापनि प्रहरीले पक्राउ गरि लगेको र आफुलाई बिचमा देश देखि विदेशबाट सम्पूर्णले साथ् दिएकोमा धन्यवाद दिएका छन् ,।
आफ्नो लागि धेरै नेपालिले दुख पाएको र धेरै सुरक्षाकर्मीले चोट पाएकोमा समेत उनले दुख ब्यक्त गरेका छन् ।
साथै रवि लामिछाने तत्कालै राजकोट अस्पताल जाने पनि उनले घोसना गरेका छन् ।
https://youtu.be/qfjmdDnWSyk

