Gold
Bangad salyan

सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा,

माघ १३ ,काठमान्डौ – प्रतिनिधि सभाको सभामुख चयन भएका अग्‍नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथिको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ,।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।

आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो ।

हत्याको आरोप लागेका नेकपाका सांसद अग्‍नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन्।

अग्निसापकोटालाई हिजो प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध चयन गरिएको छ। सापकोटाको केहिबेरमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन। ,