Gold
Bangad salyan

धनगढिमा थारुवान राष्ट्रिय मोर्चाको प्रदर्शन चर्कियो ,

फागुन ५ ,धनगढि – एघार जना जेलबन्दीको रिहाईको माग गर्दै धनगढिमा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको प्रदर्शन चर्काएको छ ।

सांसद रेशमलाल चौधरी सहित एघार जनालाई सरकारले झुठ्ठा मुद्दा लगाएर फसाएको भन्दै मोर्चाले तत्काल रिहाईको माग समेत गरेको छ ।

मोर्चाले जेलबन्दीको रिहाइको माग राख्दै धनगढीमा प्रदर्शन,गरि मुख्य सडक अवरुद्ध गरेको हो ।

मोर्चाले धनगढीको क्याम्पस चोकदेखि एलएन चोकसम्म र्‍यालीको आयोजना गरि विरोध जनाएको हो।

र्‍याली पश्चात उनीहरुले एलएन चोकमा विरोध सभाको आयोजना गरेका थिए। जेल्बन्दीका परिवारले आफ्ना श्रीमान हरुलाई बिनाकारण जेलमा हालेको भन्दै तत्काल रिहाको माग गरे ।

आफुहरुलाई कमाई कजाई गरि छोरा छोरी पाल्ने श्रीमान् जेलमा बसेपछि आफुहरुलाई बाँच्न गारो भएको समेत उनीहरुले बताएका छन् ।

जेल्बन्दीमा रहेका शान्त कुमार चौधरीकि श्रीमती मनमादेवी चौधरीले प्रदर्शनमा बोल्दै भनिन टिकापुर घटनामा हामीले कँहानिर हामीले पुलिस मारेका छौ ।

देखाउन पर्छ हैन भने हाम्रा माग पुरा गर्नुपर्छ नत्र आन्दोलन चर्किने छ उनले बताईन ।मोर्चाले प्रदेश ७ नमान्ने पनि माग गरेको छ ।

मोर्चाले अपुरु अधुरो संविधान मान्दैनौ र सविधानमा आफुहरुले राखेका धाराहरुलाई सम्वोधन गर्नुपर्ने एघार जनालाई जेलमुक्त गर्नपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।