एसईई परीक्षा तोकेकै समयमा हुन्छ हल्लाको पछि नलागौ शिक्षा मन्त्रालय ,
फागुन २३ ,काठमान्डौ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ ।
केहि समययता सामाजिकसंजाल र संचारमाध्याममा एसईई परिक्षा स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचार सम्प्रेषण भएको भन्दै मन्त्रालयले तोकेको समयमै चैत ६ गते देखि परिक्षा सुरु हुने बताएको छ ।
कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा चैत ५ गते भित्र समपन्न गरिसक्नपनि मन्त्रालयले यो भन्दा अगाडीनै सुचना गरि सकेको छ ।
संजालमा लेखिएका गलत समचारको पछि कोहिपनि नलाग्न मन्त्रालयले सबैमा ध्यानकर्षण गरेको छ ।
आवस्यकता एवाम औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयले आफ्नो वेभसाइटमा राख्ने पनि जानकारी गराएको छ ।


