५ रुपैयाँको माक्सलाई १०० रुपैयाँमा बेच्ने फार्मेसी संचालक पक्राउ ,
फागुन २४ ,काठमान्डौ – बढी मुल्यमा मास्क बेच्ने दुई फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वभरिनै अहिले कोरोना भाईरस संक्रमणको महामारी रहेकोबेला जताततै माक्स आवस्यकता छ ।
तेसैको मौका छोपी मास्क विक्रेता र फार्मेसीको मिलोमतोमा बढी मुल्यमा मास्कको कालोबजारी भईरहेको गुनासो बढेको छ ।
फार्मेसीहरुले मास्क लुकाउने गरेको र किन्दा ५ रुपैयाँको मास्कलाई ३० देखि ४० सम्म बेच्ने गरेको गुनासो बधेसंगे सरकारले बजार अनुगमन गरेको छ ।
ललितपुर बजार अनुगमन समितिको टोलीले लगनखेलको टाइम मेडिकेयर फार्मेसीका सञ्चालक मणिराज सञ्जेल र जीपीपी म्यानकाइन्ड फार्मेसीका सञ्चालक पारसमणि बराललाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा गएको जिल्ला बजार अनुगमन समितिका प्रतिनिधिसँग सञ्चालक सञ्जेलले सामान्य मास्कको एक सय रूपैयाँ लागेका थिए।
बजार अनुगमनमा उनीहरु सर्वसाधारणको रुपमा बजारमा अनुगमन गरिरहेका थिए । बजार अनुगमन टोलीसँग रहेका सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिएको हुन् ।
अर्का सञ्चालक बरालले २० रूपैयाँ पर्ने मास्क ५० रूपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको थियो । दुवै फार्मेसीबाट २८ थान मास्क पनि बरामद गरिएको टोलीले बताएको छ ।

