नेपालीको गन्तव्य स्थान मलेसिया लकडाउन ,
चैत ४ ,काठमान्डौ – बुधबारदेखि १८ मार्च देखि ३१ मार्च सम्म मलेसिया लकडाउन हुने भएको छ ।
विश्वव्यापी कोरोना नियन्त्रणको लागि भन्दै मलेसिया सरकारले लक्डाउन गर्नलागेको हो ।
मलेसिया सरकारले १४ दिन आर्थात लकडाउन अवधिभरि देशबाहिर आफ्ना नागरिक जना नपाउनेगरि प्रतिबन्ध लगाएको हो ।
उक्त समयमा देशबाहिरका नागरिक भने स्वदेश फर्किन सक्नेछन । फर्कीएका नागरिकलाई कोरोना जाँच हुनेछ कुनैपनि नागरिकमा कोरोन अनभेटिएपनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।
लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई भने प्रवेश रोक लगाइएको मलेसियास्थित सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत् सञ्चालन हुने जनाइएकाे छ ।
सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू अवधिभरि बन्द रहने छन् । मलेसियामा कोरोनाबात कसैको ज्यान भने गएको छैन ।
हाल सम्म मलेसियामा ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।मलेसिया नेपालीको रोजगारको लागि प्रमुख गन्तव्य थलो मानिन्छ ।

