कोरोनाबारे झुठो प्रचार गर्ने एकजना पक्राउ ,
चैत ८ ,काठमान्डौ – कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृतु भएको भन्दै झुठो प्रचार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृतु भएको तर अस्पतालले लुकाएको भन्दै उनले समाजिक संजालमा अडियो संदेश पोस्ट गरेका थिए ।
कोरोनाको संक्रमण विश्वमा महामारीनै छ यो सबैलाई अवगतनै छ ।तेसैको सुरक्षा नेपालमापनि तिब्र रुपमा अपनाईएको छ ।
सरकारले कोरोना संक्रमणबाट बच्न विभिन्न माध्याम र कदम अगाडी बढाएको छ ।सुखद कुरा हाल सम्म नेपालमा कोरोना संक्रमण फेला परेको छैन ।
तर कोरोना संक्रमणको बारेमा सामाजिक संजालमा गलत प्रचार गर्नेपनि छन् ।तेस्तै कोरोना संक्रमणको पुष्टि र मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु प्रति प्रहरीको ध्यानाकर्षण भएको छ ।
यस्ता अनर्गल प्रचार गर्नेलाई नेपाल प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
तेस्तै समाजिक संजालमा कोरोनाको भ्रम छर्ने अन्य ब्याक्तिलाई अनि प्रहारले शुक्षम अनुसन्धान गरिरहेको थापाले बताए ।

