Gold
Bangad salyan

कैलालीमा मरेको बोइलर कुखुराको मासु खादा एकै घरका दुई बालकको ज्यान गयो

वैशाख ५

कैलाली – कैलालीमा मरेको बोइलर कुखुराको मासु खादा एकै घरका दुई बालकको ज्यान गएको छ। बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका,३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । नीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याएकाे पाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।