Gold
Bangad salyan

बनगाड कुपिण्डे नगरपालिका धाईरेमा बोलेरो जिप दुर्घटना नगर प्रमुखद्वारा दु:ख व्यक्त

वैशाख ५

सल्यान – बनगाड कुपिण्डे नगरपालिका धाईरेमा बोलेरो जिप दुर्घटना भएपछि नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकी छहारीले दुख व्यक्त गरेका छन्।

आज मात्र वडा न ८ थाराबाट बिहेको जन्ती बोकेर लक्ष्मीपुरतर्फ हिडेको गाडी वडा न १० धाईरेमा दुर्घटना भएको छ। दुर्घटनामा तिन जनाकै घटनास्थलमा ज्यान गएको खबर प्राप्त भएको छ।

यस्तै गाडी दुर्घटनामा १८ जना घाइते छन् भने केहि यात्रु सिकिस्तै घाईते रहेको समेत खुलेको छ। दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रदान्जली सहित घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटना भएको खबर पछि मेयर छहारीले नगरपालिकाका दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाईएको बताए।

यस्तै सल्यानबाट पनि एम्बुलेन्स उपलब्ध गराएर घाईतेलाई अस्पताल लैजाने काम भईरहेको उनले बताए। अन्य थप तिन चार वटा गाडीलाई पनि घटनास्थलमा पठाईएको नगर प्रमुख बुढाथोकीले बताए। वडा अध्यक्ष स्थानीय देखि प्रशाशनले अहिले घाईतेहरुको उद्दार गरिरहेको उनले बताए। घाईतेको अवस्था हेरेर उपचारमा कुनै कमि हुन नदिन समेत उनले बताए। मृतकको पहिचान हुन बाँकी छ। घटनाको थप विवरण आउन बाँकी छ।