कर्णाली सरकारले गर्दा जनताले कहिले सम्म यो सास्ती भोग्छन ,
चैत ११ ,काठमान्डौ – कर्णालीमा यो कुनै नँया घटना त होईन तर हाल सम्म प्रदेशमा कर्णाली सरकार असफल मानिएको छ ।
जसका कारण कर्णालीका जनताले अकालमा ज्यान गुमाउने गरेका छन् । कर्णालीको मुख्य समस्या भनेको सडक संजाल हो जुन अहिले सम्म सुधारमा छैन ।
नेपालगन्ज सुर्खेतदेखि जुम्ला मुगु आउँदै गरेका सयौं यात्रुहरु दैलेखको राकम कर्णालीमा अलपत्र परेका छन् ।
सोमबार दिउँसो १२ बजे फसेको गाडी अहिले सम्म निकाल्न नसक्दा दुई दर्जन गाडीका यात्रुहरु अलपत्रमा परेका छन् ।
कोरोन संक्रमणको डरले सुरक्षित हुन भन्दै घर फर्किने गरेका आइतबार र सोमबार नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि छुटेका सबै सवारी साधन राकम कर्णालीमै अलपत्र परेको छ ।
हिजो खोलामा फसेको गाडी अहिले सम्म निक्लन कसैले चासो देखाएको छैन ।सरोकारवालाले सुन्दैन यात्रु सबै मिलेर पैसा जम्मा गरेर डोजरलाई पैसा तिरेर गाडी पाखा लगाएको यात्रु अर्जुन सिंह कठायतले जानकारी दिए ।
खोलाको गाडी किनारा लगाएपनि मंगलबार बिहान ६ बजेदेखि देशनै लकडाउन गरिएपछि उनीहरु अलपत्र परेका छन् ।
जुम्ला र मुगु आउने यात्रुहरु धेरै रहेको बताइएको छ । अलपत्र परेका यात्रुहरुलाई सुरक्षित गन्तव्य स्थलसम्म आफूहरुलाई पुर्याइदिन सरकारलाई आग्रह गरेका छन् ।
यात्रुवाहक सवारी र मालबाहक सवारी साधन राकममै थुनिएर बसेका छन् । अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनकोलागि सडक डिभिजनसंग कुरा भईरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन ।
देश लक् डाउन भएको बेला उनीहरुलाई कसरि सुरक्षित आफ्नो घर सम्मपुर्याउने भन्ने समन्व भईरहेको उनले बताईन ।
सरकारले गरेको अकस्मात यो निर्णयले सिमा नाकदेखि हरेक ठाँउमा नागरिकले सास्ती भोगेका छन् ।

