अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण ,
चैत ११ ,अमेरिका – न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन्।
मधुमेहका रोगि उनलाई ज्योरो आएपछि अस्पताल पुर्याईएको थियो । उनका परिवार सबै सदस्यको परीक्षण गरिएको छ ।
उनीहरुको रिपोर्ट मंगलबारसम्म आउने बताईएको छ । अर्का संक्रमित ४७ वर्षीय व्यक्तिले अमेरिकामा ट्याक्सी चलाउदै आईरहेका थिए ।
उलाई उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।
अस्पतालले परिवारको स्वीकृतिमा नशाबाट दिइने सेन्टरलाइन औषधि चलाएको उनकी पत्नीले जनाएकी छन्। उनले उच्च रक्तचापको औषधि प्रयोग गर्दै आएका थिए।
अमेरिकामा अहिले कोरोना संक्रमण तिब्र रुपले फैलीएको छ ।यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ४० पुगेको छ।
संक्रमितको संख्या ३३ हजार ३ सय नाघेको छ।न्युयोर्कमा सबैभन्दा धेरै १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्।
यहाँ १ सय १७ को मृत्यु भएको छ। वासिङटन, न्युजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितको संख्या १५ सयभन्दा बढी छ।अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भएको छ।

