Gold
Bangad salyan

भारतमा तिन साता सम्म लकडाउन ,

चैत ११ ,काठमान्डौ – भारतमा तिन साता सम्म लकडाउन गरिएको छ ।भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन् ।

मंगलबार साँझ टेलिभिजनमा सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ ।

घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । ‘

कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी छ । हामीले संक्रमणको चक्रलाई तोड्नुपर्छ ।

कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ,’ उनले भने ।यदी लापरवाही जारी रह्यो भने भारतले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।

त्यो मूल्य कति हुनेछ भन्ने कसैले अन्दाजा नै लगाउन सक्नेछैन,’ उनले भने । सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’