Gold
Bangad salyan

लकडाउनको बेला सुर्खेतमा प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार ,

चैत २० ,काठमान्डौ – जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् ।

बुधबार राति करिब १ बजे थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएको पाईएको छ ।

भाग्नेहरुमा भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर-११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर,६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर,३ का २० वर्षीय सुनिल थारु रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

पक्राउ परेका तिनै जना लागु औषध कारोबारमा संलग्न रहेको तिम्सिनाले बताए ।उनीहरुको तिब्र खोजि भईरहेको पनि उनले बताए ।

कसेरालाई प्रहरीले २०७६ फागुन २५ गते पक्राउ गरेको थियो भने थारु र रेग्मी चैत १६ गते पक्राउ परेका थिए।