स्वास्थ्य समाग्री ल्याउने जिम्मा सेनालाई दिईने ,
चैत २० ,काठमान्डौ – सरकारले खरिद गर्न लागेको कोभिड १९ को संक्रमणको स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ।
ओम्नी सँग गरेको स्वास्थ्य सामाग्री खरिदमा विवादास्पद सम्झौता भएपछि सरकारले रद्द गरेको छ ।
ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले कोटेसन माग्ने बताउदै बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।
सरकारले गरेको प्रतिवद्दता र ओम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउने नेपालि सेनाले बताएको छ ।
सरकारले चीनबाट जी टु जीमार्फत् औषधि ल्याउने र त्यसको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको पनि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।
जीटूजीका लागि प्रयास र छलफल भईरहेको यसको अन्तिम निर्णय भने कोरोना क्राइसिस म्यानेजमेन्ट टिम ( सिसिएमसी गर्ने बताईएको छ ।

