सिमानामा अलपत्र परेका नेपालीको आवाज नसुन्नु सरकारको गम्भीर गल्ति हो ,सरस्वति सिंह ,
चैत २० ,काठमान्डौ – विश्वमा कोरोना संक्रमणको महामारी छ । सबैले मर्नु भन्दा पहिले आफ्नो घर परिवारलाई भेट्ने आशा राखेका छन् ।
पृथिवीनै लकडाउनमा परेपछि हामि त को होर भन्ने प्रश्न पनि हो तर घर परिवारलाई भेट्ने आशाले विदेश र भारतबाट आउँदा बीचबाटोमा अलपत्र परेपछि के गर्ने।
सरकारले देशका सिमानाका बन्द गरेपछि हजारौको संख्यामा नेपालि अलपत्र परेका छन् । विदेशबाट नागरिकले कमाएको रेमिट्यान्सको हिसाब गर्ने सरकार अहिले विपद पर्दा भने चुप बसेको देखिन्छ ।
विदेशमा रहेका नेपालि राजदुताबासले समेत अलपत्र परेका नेपालीको कुनै सोध खोज नगरेको गुनासो बढिरहेको छ ।

भारतले लकडाउन गरेपछि बस्ने खाने ठाँउ नपाएका नेपाल फिर्ता पठाईएका नागरिक अहिलेसम्म सुदुरपशिम धार्चुलामा अलपत्र परेका छन् ।
उनीहरु नेपाल प्रवेश गर्न माग गर्दै नदीको किनारामा नाराबाजी समेत गरेका छन् तर उनीहरुलाई नेपालमा प्रवेश गर्न दिईएको छैन ।
हप्तौबाट उनीहरु भोक भोकै तड्पीएको देखिन्छ । बल्कि यस्तै हो भने तेही जम्मा रहेका नागरिकमानै महामारी नआउला भन्न सकिनन् ।
तेस्तै रुपैडिया नेपालगंज दशगजामा पनि १ सय ८३ नेपालि नागरिक अलपत्र परेका छन् । उनीहरुलाई पनि सरकारले नेपाल प्रवेशमा रोक लगाई बल्कि भारततिर पठाउने आदेश दिनु यो कति सम्मको जायज हो ।

देशभर कोरोन संक्रमणको महामारी छ तर सिमानाकामा रहेका नागरिकमाथि थप पिडा दिदा उनीहरुमात्र नभई उनिहरुना परिवारमा पनि मानसिक तनाब दुने गर्दछ ।
सिमामा रहेका सबै नागरिकलाई सौतेने वेवाहार नगरी छिट्टै उनको घर सम्म पुर्याउने सरकारले पहल चालोस ।
यदि नेपालभित्र प्रवेश नगराउने हो भने सिमानाकामानै क्वारेईनटाईनको वेव्स्थागरि नेपालिलाई राख्ने जोको गर्नु पर्दछ ।
कोभिड १९ को संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन विदेशले जहाज चार्टर गरि आफ्नै भुमिमा लाग्ने गरेको छ भने हाम्रो सरकारले किन आफ्नै नागरिकमा अपहेलित गरेको छ यो सम्पूर्ण नेपालीको आवाज हो सरकारको कानमा पुग्न जरुरि छ ।
पुर्व विद्यार्थी केन्द्रिय सदस्य तथा हाल सुर्खेत नेकपा जिल्ला कमिटी सदस्य कर्णाली प्रदेश ,
सरस्वती सिह,

