लकडाउनको बेला बझाङमा लाग्यो यति ठुलो मेला ,
चैत २५ ,काठमान्डौ – सरकारले गरेको लकडाउन उल्लघन गर्दै बझाङमा ठुलो मेला लागेको छ ।कोरोना संक्रमणबाट बच्न सरकारले गत ११ गते बाट लगाएको लकडाउन वैशाख ३ गते सम्मलाई बढाईएको छ ।
घरबाट बाहिर ननिक्लने आग्रह गरेको बेला बझाङको छविसपाथीभेरा गाउँपालिका,३ को बान्नीकोटमा धुमधामसंग मेला लागेको छ ।
परम्परागातबाट लागिराखेको यो मेलामा जा ३ सय बढी जम्मा भएका छन् ।स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको समापन भव्य रुपमा गरेका हुन् ।
काकर सेलाउने भनेर मेलाको समापन गर्ने परम्परा अनुसार नागरिक जम्मा भएर मेला लगाएका जयपृथ्वी नगरपालिकाका स्थानीय रिदम सिंहले बताए । मेलामा भकुन्डो प्रतियोगीता पनि गरिने चलन रहेको र त्यो पनि भएको उनले सुनाए ।
मेला ११ गतेबाटनै लाग्ने र सबैले लिङ्घो काटेर घर घरमा ल्याएको प्रशासनलाई जानकारी भएको र स्थानीयले मनाउने तयारी गरेपछि प्रशासनलाई जानकारी भएको स्थानीय बताउछन ।
तेहा कुनै किसिमको मेला पर्व नलाग्ने भएको खबर आफुलाई थाहाहुन आएको र अहिले मेल लागेको छ भनेपछि रोक्न आदेश दिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए ।
गाँउपालिकाका अध्यक्षसंगै दैनिक कुरा हुने र अध्यक्षले पनि जम्मा दुई चार जना गएर लिंगो चढाएर सेलाउने हो भनेर आफुलाई जवाफ दिएको पाण्डेले बताए।
मेला लाग्ने ठाँउ भनेको घन्टौ हिडेर जाने बेला सम्म मेला समाप्त भईसकेको पनि उनले बताए ।गाँउपालिकाका स्थानिय मात्र मेलामा सहभागी रहेको र अन्य पालिकाकाबाट स्थानीय सहभागी नरहेको पाण्डेले बताए ।
लकडाउनको बेलामा मेला आयोजना हुँदा संकट निम्तन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा।वसन्तराज जोशीले बताए । तेत्रो समुहमा एक जनालाई मात्र संक्रमण भएको भएपनि सबैलाई महामारी फैलिन सक्ने जोशीले बताए ।
चैत महिनामा अलागने र बलि चढाउने गर्ने मेल भने सुदूरपश्चिमका बैतडी सहितका अन्य जिल्लामा सबै स्थगित छन् ।

