बनगाड कुपिण्डे नगरपालिकाको पर्यटकीय तालमा चलचित्र महोत्सव सम्पन्न
काठमान्डौ – सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्र रहेको चर्चित पर्यटन कुपिण्डे तालमा कुपिण्डे चलचित्र महोत्सव सम्पन्न भएको छ। बनगाड कुपिण्डे नगरपालिकाले आयोजना गरेको कुपिण्डे ताललाई पर्यटन विकासमा जोड्न यसको संरक्षण र सम्बर्दनमा तिब्र रुपले लागेको छ।

चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी
घुमौ कर्णाली हेरौ कर्णाली भन्ने मूल नाराका साथ् आयोजना गरिएको उक्त कुपिण्डे ताल नगरपालिकाको वडा न् ८ मा पर्छ। सल्यान सदरमुकाम खलङ्गा देखि २४ किलोमिटर पश्चिममा परने यो ताल सल्यानको मनोरम दृश्यसंगै पर्यटन क्षेत्रमा गनिन्छ।
पुर्खौ देखि शक्तिको रुपमा देखिएको यो तालमा देश विदेशबाट पर्यटकहरु घुमन आउने गरेका छन्। यो तालमा पुगेर मागेको पुग्ने र भाकल गर्नेहरु बढेका छन्। यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन मेला लाग्ने गरेको छ। यो दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी याममा रङ्ग परिवर्तन गर्ने गरेको विश्वास गरिन्छ।

हिजो वैशाख १२ गते आयोजना भएर सम्पन्न गरिएको चलचित्र पर्यटन महोत्सवमा नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य सदस्य माननीय रमेश कुमार मल्लको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा नगरप्रमुख कर्ण बहादुर बुढाथोकिले कुपिण्डे ताललाई देश विदेशमा पर्यटकको रुपमा जोडिने बताए।
तालको संरक्षण र प्रबर्दनले जिल्ला नगरपालिकालाई फाईदा हुने उनको भनाई छ। कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, चलचित्र निर्माता, कर्मचारी, लगायतको पनि उप्स्तिथित रहेको थियो।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेश उद्योग पर्यटन तथा वन वातावरण मन्त्री सुरेश अधिकारीको विशिष्ट अतिथिता रहेको थियो।

कार्यक्रममा विभिन्न पालिकाका नगरप्रमुख अध्यक्ष, नगरउपप्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षाकर्मी, संचारकर्मी, राजनैतिक दलका प्रतिनिधि लगायत स्थानीय वासीको समुपस्थितिमा उक्त महोत्सव संचालन भई सम्पन्न भएको छ।
कार्यक्रममा वनगाडको पहिचान झल्किने विभिन्न संस्कृती झल्कने झाकी, सिंयारु नाच, स्वरठी नाच, पन्चेबाजा , मयूर नाच, लहरे नाच लगायतका नृत्य, कला प्रस्तुत गरिएको थियो। महोत्सव तथा कार्यक्रमलाई वडाण ७ का वडा अधय्क्ष जीवन सिंह ठकुरीले गरेका थिए। कार्यक्रममा जिल्लाका गायक गायिकाले आफ्नो प्रस्तुति राखेका थिए।













२०८३ वैशाख १३

