वीर अस्पतालमा पनि कोरोना परिक्षन सुरु ,
चैत २९ ,काठमान्डौ – वीर अस्पतालमा कोभिड १९ को परिक्षन सुरु भएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको कोरोना परिक्षन अब टेकुमा पनि सुरु भएपछि काठमान्डौमा दुई स्थानमा कोभिड १९ परिक्षन हुने भएको छ ।
भोलिबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै कोरोना परीक्षण सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले बताए ।

