Gold
Bangad salyan

कर्णालीमा टेस्टिङ बुथ संचालन ,

चैत २९ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा कोरोना टेस्टिङ बुथ स्थापना भएको छ ।कर्णाली प्रदेश सुर्खेतको प्रदेश अस्पतालमा शनिबार टेस्टिङ बुथ स्थापना गरिएको हो।

राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग र काईचों ग्रुप सुर्खेतको प्राविधिक सहयोगमा उक्त कोरना टेष्टिङ बुथ निर्माण गरिएको काइचों गु्रप सुर्खेतका अध्यक्ष अमित विष्टले रंग दर्पणलाई जानकारी दिए ।

संक्रमितलाई डाक्टरले उपचार गर्दा वा औषधि दिंदा उक्त बुध प्रयोग गर्नसकिने जसले गर्दा एक संक्रमणबाट अर्को व्याक्तिमा संक्रमण सर्ने सम्भाना नहुने भएकोले प्रदेश अस्पतालमा कोरोना टेस्टिङ बुथ सुरु गरिएको बिस्टले बताए ।