प्रधानमन्त्री जोनसन, डाक्टर नर्सप्रति आभारी छु,
चैत ३० ,काठमान्डौ – बेलायति प्रधानमन्त्री बाेरिस जाेनसनले डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका छन् ।
कोभिड १९ को संक्रमण भएपछि अस्पताल भर्ना भएका बोरिसले उपचारमा खटिएका डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री जाेनसनले नेशनल हेल्थ सर्भिस (एनएचएस) का डाक्टर र नर्सलाई धन्यवाद दिएका हुन् ।
कोभिड संक्रमणपछि उनि अहिले लन्डनको एक अस्पतालमा उपचार भईरहेको छ उनलाई सघन कक्षमा राखेर उपचार गरिएको थियो ।
बोरिसको स्वास्थ्यमा अहिले सुधार भईरहेको छ उनलाई केहिदिन अस्पतालमा डाक्टरहरुले आराम गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री जाेनसनकाे अनुपस्थितिमा विदेश मन्त्री डाेमिनिकले कार्यभार सम्हाल्दै आएका छन् ।

