Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका विपद कोषमा मातृ भुमि महिला समाज र नमुना माविको आर्थिक सहयोग,

वैशाख ७ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट गरपालिकाको विपद व्यवस्थापन कोषमा मातृ भुमि संस्था महिला समाज गुर्भाकोट ९ ले ५,५०० सहयोग गरेको छ ।

संस्थाकि अध्यक्ष कमला बिकले नगरपालिकाको विपद कोषमा उक्त रकम उपलब्ध गराएकि हुन् ।

नगरपालिकाका मेयर हस्त पुन र उपमेयर मैनाबिकलाई संयुक्त रुपमा कार्यालयमा पुगेर कमलाले रकम हस्तान्तरण गरेकी हुन् ।

तेस्तै गुर्भाको नगरपालिका ६ नेपाल रास्ट्रिय नमुना मावि बडाखोलीले नगरपालिकाको बिपद व्यवस्थापमा कोषमा रु २५,२०० सहयोग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले नगरपालिकाका मेयर हस्तपुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

रकम सहयोग गर्ने विभिनन व्याक्ति संघ संथालाई मेयर पुनले धन्यवाद ज्ञापन गरेका छन् ।

विश्वमा फैलीएको कोरोना महामारीको प्रतक्ष असर नेपालमा पर्ननदिन सरकारले गत चैत ११ गते बाट गरेको लकडाउनले अति विपन्न मजदुरलाई छाक टार्न गारो भएको छ ।

महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाले विपद कोष खडा गरेको छ । तेस्तै नगरपालिकाले विभिनन वडामा बसो बास गर्ने लकडाउनले मजदुर गर्न नपाएका विपन्न वर्गलाई राहत वितरण गरिरहेको छ ।